सिन्धुपाल्चोक। नेपाली कांग्रेस सिन्धुपाल्चोक ईतर पक्षको जिल्ला कार्यसमितिको सभापति पदमा निवर्तमान क्षेत्रीय सभापति एवम् बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ।
आज सम्पन्न नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनबाट बस्नेत जिल्ला सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो। सभापति पदमा उहाँ निर्विरोध निर्वाचित भएसँगै जिल्ला पार्टी नेतृत्वको जिम्मेवारी उहाँले सम्हाल्नुहुने भएको छ।
यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहनुभएका बस्नेत हाल बाह्रबिसे नगरपालिकाको नगर प्रमुखसमेत हुनुहुन्छ।
निर्विरोध चयन हुनुभएका बस्नेतलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
















