सिन्धुपाल्चोक। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व पार्टी केन्द्रीय विभाग सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सल्लाहकार कुमार श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिकाको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
नगरपालिकाको बजेट तथा विकास योजनालाई लक्षित गर्दै श्रेष्ठले अल्पकालीन र दीर्घकालीन योजनाको स्पष्ट खाका तयार गरी कार्यान्वयनमा लैजानुपर्ने धारणा अघि सारेका छन्।
उनले नगरको समग्र विकास, पूर्वाधार निर्माण तथा नागरिकको आवश्यकता सम्बोधन हुने गरी बजेट खर्च गर्नुपर्ने सन्देश दिएका छन्।
श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिका–५ का नागरिकको हैसियतले नगरको विकासमा बजेटको सही सदुपयोग, पारदर्शिता र दीर्घकालीन प्रभाव पार्ने योजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
श्रेष्ठले बजेट विनियोजन मात्र नभई त्यसको परिणाममुखी कार्यान्वयन महत्वपूर्ण हुने उल्लेख गर्दै नगरको समृद्धिका लागि योजनाबद्ध विकासमा जोड दिएका छन् ।
















