काभ्रे । उद्योग उपसमिति संयोजक एवं काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बदन भण्डारीको नेतृत्वमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ।
अनुगमनका क्रममा क्रसर उद्योगहरूको सञ्चालन अवस्था, कानुनी मापदण्डको पालना, वातावरणीय प्रभाव तथा व्यवस्थापकीय पक्षबारे स्थलगत रूपमा निरीक्षण गरिएको हो।
उद्योग सञ्चालनका क्रममा प्रचलित कानुन तथा मापदण्डको पालना भए–नभएको, वातावरणमा परेको प्रभाव र उद्योग व्यवस्थापनको अवस्थाबारे टोलीले जानकारी लिएको जनाइएको छ।
यसअघि उद्योग उपसमितिको टोलीले बेथानचोक गाउँपालिका र पनौती नगरपालिकामा सञ्चालित खानी तथा क्रसर उद्योगहरूको समेत स्थलगत अनुगमन गरिसकेको छ।
अनुगमन टोलीमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकाय, नापी कार्यालय, वन कार्यालय, खानी तथा भूगर्भ विभाग तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
















