सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मेलम्ची नगरपालिकाको नगर सभापतिमा अमृत खनाल विजयी हुनुभएको छ।
नगर सभापतिका लागि भएको निर्वाचनमा कुल ३९८ मत खसेको थियो। खनालले २३६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी शंकर खतिवडाले १५७ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, नगर उपसभापतिमा अरुण तामाङ २०५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने ईश्वरलाल श्रेष्ठले १८० मत प्राप्त गर्नुभएको छ। महिला उपसभापतिमा हिरा ढकाल १९५ मतसहित विजयी हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी इन्दिरा बजगाईंले १९१ मत प्राप्त गर्नुभएको छ।
सचिव पदमा श्यामबहादुर तामाङ २०८ मतसहित विजयी हुनुभएको छ भने राजन लामिछानेले १७१ मत प्राप्त गर्नुभएको छ। सहसचिवमा पूर्णबहादुर तामाङ २१७ मतसहित विजयी हुनुभएको छ भने कृष्णबहादुर विश्वकर्माले १५९ मत प्राप्त गर्नुभएको छ।
सदस्यतर्फ सुनिता तामाङ, समर तामाङ, शान्ति तामाङ, लोकबहादुर तामाङ, राजकुमार दुलाल र सुन्तली मिजार विजयी हुनुभएको छ।
नगर सभापतिमा निर्वाचित खनालसहित नवनिर्वाचित नगर कार्यसमितिलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै कार्यकर्ताबीच समन्वय तथा जनतासँगको सम्बन्धलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
















