काठमान्डौं — रसुवामा आएको भीषण बाढीका कारण घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिन ललितपुरको सातदोबाटोमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजनामा सातदोबाटो युथ क्लब, लायन्स क्लब अफ काठमाडौं लिटिल बुद्ध, लायन्स क्लब अफ काठमाडौं बुद्ध मातृभूमि र इनरह्वील क्लब अफ सातदोबाटोको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।



विपद्को समयमा मानवीय सेवामा सक्रिय रहँदै आएको लायन्स क्लबले बाढीका कारण घाइते तथा बिरामीको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका कोषाध्यक्ष प्रदीप खड्काका अनुसार रक्तदान कार्यक्रममा हालसम्म ४२ पिन्टभन्दा बढी रगत संकलन भएको छ। संकलित रगत रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा उपयोग गरिनेछ।
विपद्को समयमा रगतको अभाव हुन नदिन आयोजित उक्त कार्यक्रमले मानवीय सेवामा सामाजिक संस्थाहरूको भूमिका थप प्रभावकारी बनाएको आयोजकहरूको भनाइ छ।











