काठमान्डौं — स्वास्थ्यसम्बन्धी सेवाको अवस्था तथा सेवा प्रवाहका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी लिन मन्त्री प्रतिभा रावलले डडेल्धुरा अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्री रावलले अस्पतालबाट प्रवाह हुँदै आएका स्वास्थ्य सेवाको अवस्था, उपचारमा आउने बिरामीले भोग्नुपरेका समस्या तथा अस्पतालको समग्र सेवा प्रवाहबारे जानकारी लिनुभएको हो।




अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरूसँगको छलफलमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक पूर्वाधार, जनशक्ति, उपकरण तथा अन्य व्यवस्थापनसम्बन्धी विषयमा समेत जानकारी लिइएको थियो।
मन्त्री रावलले अस्पतालमा देखिएका समस्या र चुनौतीको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निरीक्षणले डडेल्धुरा अस्पतालको सेवा सुधार तथा स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच विस्तारका लागि आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।











