काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत प्रसाद पराजुलीले राम्रा कामको समर्थन र गलत कामको मात्र आलोचना गर्नुपर्ने बताएका छन्। उनले विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।
सांसद पराजुलीले जनताको हितमा हुने सकारात्मक कामलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर समर्थन गर्नुपर्ने बताए। सरकार, जनप्रतिनिधि वा कुनै पनि निकायबाट भएका गलत कामको भने तथ्य र आधारसहित आलोचना तथा खबरदारी गर्नुपर्ने उनको भनाइ छ।



“राम्रा कामको समर्थन र गलत कामको मात्र आलोचना गरौँ, विरोधका लागि विरोध नगरौँ,” सांसद पराजुलीले भने।
उनले विकास, सुशासन र जनताको सेवा प्रवाहलाई प्राथमिकतामा राखेर सबै पक्षले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। राजनीतिक असहमति भए पनि जनहितका विषयमा सहकार्य र सकारात्मक सोच आवश्यक रहेको उनको भनाइ











