काठमाडौं ।जनसांस्कृतिक महासङ्घ, नेपालले प्रगतिशील साहित्य, कला, संस्कृति र सङ्गीतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ६१ जना अग्रज तथा क्रियाशील स्रष्टा, लेखक र कलाकारलाई सम्मान गरेको छ।
इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, रामेछाप र इन्द्रेणी सांस्कृतिक विकास केन्द्र सहआयोजक रहेका थिए। कार्यक्रममा साहित्य, सङ्गीत, चलचित्र, नाटक, जनसांस्कृतिक आन्दोलन तथा सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको हो।



कार्यक्रममा जनवादी कला क्षेत्रका अग्रज जेबी टुहुरे, खुशीराम पाख्रिन र प्रमोद हमाललाई मरणोपरान्त स्रष्टा सम्मान अर्पण गरिएको थियो भने सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङलाई प्रगतिशील बलिदान स्रष्टा सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी निनु चापागाई, मेघराज शर्मा ‘मन्जुल’, रामकृष्ण दुवाल, श्याम तमोट र जीवन शर्मालाई वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान–२०८३ प्रदान गरिएको थियो।
कार्यक्रममा गीत, सङ्गीत, साहित्य, नाटक, चलचित्र, नृत्य, हास्यकला, ललितकला, उद्घोषण, भिडियो निर्देशन लगायतका विविध क्षेत्रमा योगदान दिएका दर्जनौं स्रष्टा तथा कलाकारलाई प्रगतिशील स्रष्टा सम्मान–२०८३ र जागरण स्रष्टा सम्मान–२०८३ प्रदान गरिएको थियो।
जनसांस्कृतिक महासङ्घका केन्द्रीय इन्चार्ज चिरन पुनले प्रगतिशील र व्यवसायिक सांस्कृतिककर्मीबीच सहकार्य र सद्भाव आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सांस्कृतिक आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
महासङ्घका केन्द्रीय संयोजक











