काठमान्डौं- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा ले शुभकामना मन्तव्य दिएका थिए। महाधिवेशनको उद्घाटन सत्रमा गगन थापाको सहभागिता र सम्बोधनले व्यापक चर्चा पाएको थियो।
यसैबीच, रास्वपाका सांसद खगेन्द्र सुनार ले सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा गगन थापाप्रति लक्षित गर्दै आपत्तिजनक र अमर्यादित अभिव्यक्ति दिएको आरोप लागेको छ। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र आलोचना भएको छ।



स्रोतका अनुसार, घटनालाई गम्भीर रूपमा लिँदै रास्वपाको अनुशासन समितिले सांसद सुनारसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ। पार्टीको छविमा असर पुग्ने तथा राजनीतिक मर्यादा विपरीत अभिव्यक्ति आएको भन्दै समितिले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
राजनीतिक दलहरूबीच विचार र नीति फरक हुन सक्ने भए पनि सार्वजनिक अभिव्यक्तिमा संयमता र मर्यादा आवश्यक रहेको भन्दै विभिन्न पक्षबाट प्रतिक्रिया आइरहेका छन्। यस घटनाले महाधिवेशनको राजनीतिक बहसभन्दा बढी अनुशासन र राजनीतिक संस्कृतिको विषयलाई चर्चामा ल्याएको छ।











