
सिन्धुपाल्चोक । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा भरपर्दो बनाउन र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै उद्यमशील तथा आत्मनिर्भर बनाउन लक्षित तीनवटा महत्वपूर्ण कार्यक्रम यस साता सम्पन्न भएका छन्।
सबैभन्दा पहिले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीका अनुभव, चुनौती तथा अवसरबारे आफ्ना धारणा राखेका थिए। साथै, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक उपायहरूबारे छलफल गरिएको थियो।



त्यसैगरी, कार्यपालिका सदस्य, वडा सचिव तथा शाखा प्रमुखहरूका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो। कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन स्थानीय तहको भूमिका, जिम्मेवारी तथा पालिकाबाट प्रदान गरिनुपर्ने सेवाका विषयमा विस्तृत छलफल भएको थियो।
यस्तै, वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता विकास तथा स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीनदिने उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको थियो। तालिममा सहभागीहरूलाई व्यवसाय सञ्चालन, उद्यम व्यवस्थापन, अवसर पहिचान तथा स्वरोजगारका सम्भावनाबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
स्थानीय तहले सञ्चालन गरेका यी कार्यक्रमले वैदेशिक रोजगारमा जाने तथा फर्किएका नागरिकहरूलाई सुरक्षित आप्रवासन, सीप विकास र स्वदेशमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया !










