काठमाडौं – K. P. Sharma Oliले आफूलाई पार्टी नेतृत्वबाट हटाउने प्रयास भइरहेको भन्दै केही व्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
गुण्डुमा शनिबार रातिसम्म केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पदाधिकारीहरूसँग भएको छलफलमा ओलीले “लोभीपापीहरू जसरी पनि मलाई हटाउने अभियानमा लागेका छन्” भन्ने अभिव्यक्ति दिएको बताइएको छ।



यद्यपि ओलीले उक्त टिप्पणी कसलाई लक्षित गरेर गरेका हुन् भन्ने स्पष्ट खुलाएका छैनन्। राजनीतिक वृत्तमा भने उनको संकेत पार्टीभित्र नेतृत्व परिवर्तनको पक्षमा देखिएका नेतातर्फ हुन सक्ने अनुमान गरिएको छ। तर यसबारे औपचारिक पुष्टि भएको छैन।











