
सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा नं. ८ ज्यामिरेमानेमा नागरिक आरोग्य केन्द्रको उद्घाटनसँगै स्वास्थ्य सेवा सञ्चालनमा आएको छ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले एक कार्यक्रमका बीच केन्द्रको उद्घाटन गर्दै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले आरोग्य केन्द्र स्थापना गरिएको बताउनुभयो। उद्घाटनसँगै केन्द्रबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह सुरु भएको गाउँपालिकाले जनाएको छ।



गाउँपालिकाका अनुसार केन्द्र सञ्चालनमा आएपछि वडा नं. ८ सहित आसपासका क्षेत्रका बासिन्दाले आवश्यक स्वास्थ्य सेवा नजिकैबाट प्राप्त गर्न सक्नेछन्। स्थानीय नागरिकलाई आवश्यकताअनुसार उपलब्ध स्वास्थ्य सेवा उपयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ।
आरोग्य केन्द्र सञ्चालनले स्वास्थ्य सेवा पहुँच विस्तारका साथै स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थाको सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
इन्द्रावती गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।


तपाईको प्रतिक्रिया !










