काठमाडौं- आगामी आर्थिक वर्षको संघीय बजेटमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न सडक, पुल, स्वास्थ्य चौकी तथा पुनर्निर्माणसम्बन्धी योजनाहरू समेटिएका छन्। बजेटमा जिल्लाको पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार तथा ग्रामीण सडक सञ्जाल सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको देखिन्छ।
बजेट अनुसार बतासे र दलेफी स्वास्थ्य चौकी भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ, मेलम्ची घ्याङ पुनर्निर्माणका लागि ६० लाख रुपैयाँ, लिस्तीघ्याङ गुम्बा संरक्षणका लागि ५० लाख रुपैयाँ तथा गाती स्वास्थ्य चौकी भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै महांकाल, चोकटी, सुनखानी (देवीस्थान), तालामाराङ र भोटेनाम्लाङ स्वास्थ्य चौकी पुनर्निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ।



पूर्वाधारतर्फ पाँचपोखरी थाङपाल गाउँपालिकाको लागर्चे–घुम्ले मोटरेबल पुल निर्माण योजना बजेटमा समेटिएको छ। हेलम्बु गाउँपालिकाको मेलम्ची खोला सर्कथलीमा मोटरेबल पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तथा वातावरणीय अध्ययनको व्यवस्था गरिएको छ।
यसैगरी मेलम्ची–७ स्थित पाल्चोकी माईदेखि शेर्माथाङ, आमायाङ्ग्री हुँदै हेलम्बुसम्मको सडक, बाह्रबिसे नगरपालिका–९ अन्तर्गत प्यारे–गौरिकुण्ड–ओखरबोटे सडक, टेकानपुर–तौथली–खरिढुङ्गा सडक, सुनकोशी क्षेत्रको वरचोक–रामदेड सडक, सिमलडाँडा–शेराबेसी सडक तथा चिप्लेटी गाउँदेखि घुम्थाङ वडा कार्यालय हुँदै भैरवकुण्ड जोड्ने सडकलाई पनि बजेटमा समावेश गरिएको छ। यी योजनाका लागि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमार्फत बजेट विनियोजन गरिएको छ।
संघीय सरकारको बजेटमा समेटिएका यी योजनाले सिन्धुपाल्चोकका दुर्गम बस्तीमा स्वास्थ्य सेवा पहुँच विस्तार, पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सडक सञ्जाल विस्तार र यातायात सहजतामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा लामो समयदेखि माग गरिएका सडक तथा पुल निर्माण योजनाहरू बजेटमा समेटिएसँगै स्थानीयवासी उत्साहित बनेका छन्।
स्थानीय जनप्रतिनिधिहरूले बजेटमा समावेश भएका योजनाहरू समयमै कार्यान्वयन भए जिल्लाको समग्र विकासमा टेवा पुग्ने
पुरा हेर्नुहोस Budget Sindhupalchok-1











