काठमाडौं – Kathmandu Metropolitan City ले जेठ १७ गते सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा सार्वजनिक गरिएको हो। यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न प्रदान गरिनेछ।



महानगरपालिकाले परीक्षार्थीहरूलाई आफूले अनलाइन फाराम भरेको पोर्टलमा रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल वा इमेलमार्फत प्राप्त) प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।
प्रकाशित प्रारम्भिक योग्यता क्रममा कुनै चित्त नबुझेमा सम्बन्धित विद्यार्थीले पुनर्योग (Re-totaling) का लागि दुई दिनभित्र आवेदन दिन सक्नेछन्। महानगरपालिकाले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ।











