सिन्धुपाल्चोक -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य प्रवेश भएको छ। नेकपा (माओवादी केन्द्र) का नेता पुरुषोत्तम सापकोटाको नेतृत्वमा ठूलो समूह रास्वपामा प्रवेश गरेको हो।
प्रवेश गर्नेहरूमा वडा कमिटी सचिव विकास श्रेष्ठ, सहसचिव भीमसेन नेपाली, कोषाध्यक्ष अमृता अधिकारी, नमराज कोइराला, पार्वती अर्याल, पालिका सदस्य सङ्गीता अर्याल, हरि प्रसाद सापकोटा, सन्तबहादुर श्रेष्ठ, कृष्ण भण्डारी, हरि न्यौपाने, केदार सापकोटा, खेलप्रसाद कोइराला लगायत रहेका छन्।



त्यसैगरी नेकपा (एमाले) का पूर्व अध्यक्ष रोजन थिङ, पूर्व उपाध्यक्ष जयराम सापकोटा, पूर्व सचिव इन्द्र रोका, कमला थापा तथा नेपाली कांग्रेसका बहालवाला सभापति कृष्ण थापा सहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू समेत रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको थियो। रास्वपामा विभिन्न दलका प्रभावशाली व्यक्तिहरूको प्रवेशले स्थानीय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको बताइएको छ।











