काठमाडौं- सिंहदरबार मा प्रधानमन्त्री, बालेन शाह, रवि लामिछाने तथा अर्थमन्त्रीबीच करिब चार घण्टा लामो छलफल भएको छ ।
स्रोतका अनुसार छलफलमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, विकास निर्माण, सुशासन, स्थानीय तहको भूमिका तथा जनअपेक्षाअनुसारको कार्यक्रमबारे गम्भीर छलफल भएको बताइएको छ । लामो समयदेखि धेरै नबोली काम गर्दै आएका बालेन शाहको उपस्थितिले समेत राजनीतिक वृत्तमा विशेष चासो पैदा गरेको छ ।



छलफलपछि आगामी बजेट जनतामुखी, उत्पादनमुखी तथा विकास केन्द्रित बन्न सक्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । विशेषगरी युवामैत्री योजना, रोजगारी सिर्जना, स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्ने विषयमा सकारात्मक समझदारी भएको चर्चा छ ।
सरकारले आगामी बजेटमार्फत जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा प्रभावकारी कार्यक्रम ल्याउने तयारी गरिरहेको बताइएको छ ।











