सिन्धुपाल्चोक-२०७२ सालको विनाशकारी भूकम्पपछि दुवै खुट्टा नचल्ने अवस्थामा पुगेर कठिन जीवन बिताउँदै आएकी चौतारा साँगाचोकगढी नगरपालिका–१० निवासी बुद्धकुमारी कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुलीले विशेष सुविधा युक्त ह्विलचियर सहयोग प्रदान गर्नुभएको छ।
लामो समयदेखि शारीरिक असहजताका कारण दैनिक जीवनयापनमा समस्या भोग्दै आएकी कार्कीलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सांसद पराजुलीले उक्त ह्विलचियर हस्तान्तरण गर्नुभएको हो।



ह्विलचियर सहयोगपछि कार्कीले आफ्नो दैनिकी सहज बन्ने विश्वास व्यक्त गर्दै सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। स्थानीयवासीले समेत सांसद पराजुलीको मानवीय कार्यको प्रशंसा गरेका छन्।
सांसद पराजुलीले विपद्पछिका पीडित तथा असहाय नागरिकको साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।









