काठमान्डौं-Rastriya Swatantra Party को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित “सक्षम सांसद, सशक्त संसद् : संसदीय अभ्यास तथा नेतृत्व विकास” सम्बन्धी प्रशिक्षण कार्यक्रम काठमाडौंको Staff College Jawalakhel मा सुरु भएको छ।




पार्टीका प्रवक्ता Manish Jha का अनुसार आइतबारसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सांसदहरूको संसदीय क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा प्रभावकारी संसदीय अभ्यासका विषयमा प्रशिक्षण दिइनेछ।
कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति Swarnim Wagle ले गरेका हुन्। समापन कार्यक्रममा सभापति Rabi Lamichhane ले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ।







