
सिन्धुपाल्चोक- चौतारा बहुमुखी क्याम्पस मा विधि, थिति र संस्थागत मर्यादा कायम गर्नका लागि सरोजा श्रेष्ठ ले निरन्तर संघर्ष गरिरहनुभएको बताइएको छ। क्याम्पसभित्र शैक्षिक वातावरणलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै नियम, प्रक्रिया र पारदर्शिताअनुसार सञ्चालन हुनुपर्ने आवाज उहाँले उठाउँदै आउनुभएको छ।




क्याम्पसलाई राजनीतिक अखडा नभई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउने उद्देश्यसहित श्रेष्ठले सुशासन, पारदर्शिता र संस्थागत सुधारको पक्षमा दृढ अडान लिनुभएको जनाइएको छ। उहाँले नेपाल कम्युनिष्ट पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट समूहहरूसँग वैचारिक तथा संगठनात्मक रूपमा सामना गर्दै शैक्षिक सुधारको अभियान अघि बढाइरहनुभएको बताइएको छ।
स्थानीय शिक्षाप्रेमीहरूका अनुसार श्रेष्ठको अभियानले क्याम्पसभित्र शैक्षिक गुणस्तर, सुशासन र विद्यार्थीको भविष्यप्रति जिम्मेवार बहस सिर्जना गरेको छ। क्याम्पसको दीगो विकासका लागि सबै पक्षले दलगत स्वार्थभन्दा माथि उठेर शिक्षा, अनुसन्धान र संस्थागत सुधारलाई प्राथमिकता दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ।






