
सिन्धुपाल्चोक-सिन्धुपाल्चोक तथा आसपासका विभिन्न सरकारी कार्यालयहरूले आगामी आर्थिक वर्षका लागि योजना माग फारम इमेलमार्फत दर्ता गर्न सकिने व्यवस्था गरेका छन्। सम्बन्धित कार्यालयलाई सम्बोधन गरी तयार पारिएको माग फारम सम्बन्धित इमेल ठेगानामा पठाई दर्ता गर्न सकिने जनाइएको छ।
कार्यालयहरूले इमेलमार्फत पठाइएका निवेदनबारे अनिवार्य रूपमा सूचना अधिकारीसँग सम्पर्क गरी जानकारी गराउन तथा दर्ता नम्बर लिन समेत आग्रह गरेका छन्। यस प्रक्रियालाई प्रभावकारी बनाउन आवेदकले आवश्यक समन्वय गर्नुपर्ने बताइएको छ।



योजना अनुसार कार्यालय विभाजन
- खानेपानी तथा सरसफाइ विकास डिभिजन कार्यालय, चौतारा (सिन्धुपाल्चोक)
खानेपानीसम्बन्धी योजना मागका लागि
📧 [email protected] - जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, चौतारा (सिन्धुपाल्चोक)
सिंचाइ तथा तटबन्धनसम्बन्धी योजना
📧 [email protected] - पूर्वाधार विकास कार्यालय, चौतारा (सिन्धुपाल्चोक)
सडक, मोटरेबल पुल तथा झोलुङ्गे पुल
📧 [email protected] - भू तथा जलाधार व्यवस्थापन कार्यालय, चौतारा (सिन्धुपाल्चोक)
पहिरो नियन्त्रण, नदी कटान तथा बस्ती संरक्षण
📧 [email protected] - सामाजिक विकास कार्यालय, धुलिखेल (काभ्रे)
विद्यालय, खेलकुद मैदान तथा सामुदायिक भवन
📧 [email protected] - सहरी विकास तथा भवन कार्यालय, धुलिखेल (काभ्रे)
भवन, साना सडक तथा गोरेटो बाटो
📧 [email protected] - पर्यटन इकाई कार्यालय, अनामनगर (काठमाडौं)
गुम्बा, मठमन्दिर, पर्यटन मार्ग तथा सांस्कृतिक/पुरातात्त्विक संरक्षण
📧 [email protected]
विशेष सूचना
सबै आवेदकलाई सम्बन्धित कार्यालयका सूचना अधिकारीसँग सम्पर्क गरी आफ्नो निवेदन दर्ता भएको सुनिश्चित गर्न र दर्ता नम्बर लिन आग्रह गरिएको छ। यो प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने बताइएको छ।
प्रतिक्रिया

सम्बन्धित समाचार





