
सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका द्वारा आयोजना गरिएको विद्यालयमा कार्यरत शिक्षकहरूका लागि कम्प्युटर ज्ञान तथा ICT सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
कार्यशालाको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आइतमान तामाङ ले सिक्ने र सिकाउने प्रक्रिया जीवनभर चलिरहने उल्लेख गर्नुभयो। उहाँले कक्षा कोठाभित्र आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी शिक्षण कार्यलाई प्रभावकारी बनाउन शिक्षकहरूलाई आग्रह गर्नुभयो।



कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल लगायतले सहभागी शिक्षकहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त अवसरमा नगर प्रमुख तामाङले तालिममा सहभागी शिक्षकहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा ICT को प्रयोगमार्फत शिक्षण सिकाइलाई थप गुणस्तरीय बनाउने विषयमा जोड दिइएको थियो।
प्रतिक्रिया

सम्बन्धित समाचार





