काठमान्डौं-बागमती प्रदेश सरकारले आ.व. २०८३/०८४ को बजेट तर्जुमा प्रक्रिया अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका नागरिक तथा उपभोक्तालाई आवश्यक योजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ। वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका २०८३ अनुसार सम्बन्धित क्षेत्रका कार्यालयमार्फत योजना माग फारम भरी २०८३ बैशाख २१ भित्र अनिवार्य रूपमा दर्ता गराउन सूचित गरिएको हो।




खानेपानी, सिंचाइ, सडक, पहिरो नियन्त्रण, शिक्षा, खेलकुद, भवन तथा पर्यटन क्षेत्रका योजनाका लागि छुट्टाछुट्टै कार्यालय तोकिएका छन्। तोकिएको समयभित्र दर्ता नभएका योजनाहरू बजेट छनोट प्रक्रियामा समावेश नहुने भएकाले समयमै फारम दर्ता गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।







