काठमाडौं ।-बलात्कारको आरोप लागेका नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई अनुसन्धानको क्रममा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।



मल्लविरुद्ध एक महिलाको जाहेरीका आधारमा बलात्कार तथा गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । प्रहरीले उनलाई गत चैत १४ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।
उजुरी दिने महिलाका अनुसार उनी गीत गाउने पेशामा संलग्न थिइन् । गीत गाउने क्रममा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको आरोप महिलाले लगाएकी छन् ।
उक्त घटनापछि मल्लविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।







