
काठमान्डौं-सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दाको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटलाई पूर्ण इजलाशमा पठाउने आदेश दिएको छ।
उक्त रिट तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर गरिएको हो।


न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको ठहर गर्दै पूर्ण इजलाशमा पठाउने आदेश दिएको हो।
रिटमाथिको बहस गत सोमबारदेखि सुरु भई आज सम्पन्न भएको थियो।
प्रतिक्रिया

सम्बन्धित समाचार





