काठमान्डौं- नेपाल आयल निगम लिमिटेड ले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य वृद्धि भएको जनाएको छ। निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १५७ बाट १८८ रुपैयाँ, डिजेल १४२ बाट १९६ रुपैयाँ पुगेको छ भने एलपी ग्यास प्रतिसिलिन्डर १९१० बाट २१२६ रुपैयाँ पुगेको जानकारी दिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित रूपमा मूल्य समायोजन गर्नुपरेको जनाएको छ।









