काठमान्डौं- ३० फागुन। Manakamana Temple दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ।
Gorkha District अन्तर्गत Shahid Lakhan Rural Municipality–३ कान्टारमा शनिबार राति करिब ७ बजे बा .प्र.०१–००६ ख ८४३० नम्बरको इभी माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख **भरतबहादुर वि.क.**का अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक रहेको पुष्टि भएको छ। घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि Abukhaireni स्थित अस्पताल पठाइएको छ।
दुर्घटनाग्रस्त माइक्रोबसमा प्रारम्भिक जानकारीअनुसार १३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको विस्तृत पहिचान भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।







