मेलम्ची- नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिकाे आयाेजनामा भएकाे चुनावी सभामा उनिहरू कांग्रेस प्रवेश गरेका हुन । उनिहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार र प्रतिनिधिसभा सदस्य उम्मेद्वार बंशलाल तामाङले पार्टिमा स्वागत गरे ।
एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुभएका समाजसेवी कृष्ण थापाले बंशलाल तामाङ भिजनरी नेता भएकाे उल्लेख गर्नुभयाे । गगन थापाकाे भिजन मन परेकाे र गगन थापाले नै अबकाे नेपालकाे भविस्य काेर्ने बताउनुभयाे ।



नेकपा एमाले परित्याग गरि कांग्रेस प्रवेश गर्दै अनिल कुमार थापाले नेपालमा नेपाली कांग्रेस पार्टी मात्रै सच्चिएर आएकाे पार्टी भएकाे बताउनुभयाे । जनताकाे पक्षमा काम गर्ने पार्टि नै नेपाली कांग्रेस रहेकाे उल्लेख गर्नुभयाे ।चुनावी सभा कार्यक्रममा हजाराैँ व्यक्तिहरू उपस्थित थिए ।







