सिन्धुपाल्चोक-कार्य सम्पादन मूल्याङ्कनमा काठमाडाैँ र धरानलाई समेत जित्याे हेलम्बु गाउँपालिकाले सिङ्गो काठमाडाैँ जत्रै फैलिएको सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकाको भूगोल, पहाडी र दुर्गम भए पनि वित्त आयोगद्वारा मापन गरिएको कार्य सम्पादनमा हेलम्बु गाउँपालिका उदाहरण बनेको छ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगद्वारा गरिएको कार्य सम्पादन मूल्याङ्कनमा सधैं चर्चामा रहने धरान उपमहानगरपालिका र काठमाडाैँ महानगरपालिका भन्दा पनि हेलम्बु गाउँपालिकाले उत्कृष्ट अंक हासिल गरेको तथ्यले ठूला भनिएका पालिकालाई प्रश्न उब्जाएकाे छ । सीमित आन्तरिक श्रोत, भौगोलिक चुनौती र विकटता हुँदाहुँदै पनि जनसेवा, पारदर्शिता र सुशासनमा हेलम्बु गाउँपालिकाकाे प्रतिबद्धताले सफलता सम्भव भएको हो ।
यो उपलब्धिका लागि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र आम हेलम्बुबासीको साझा मिहेनत रहेकाे पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयाे । आयाेगले दिएकाे तथ्यांक अनुसार काठमाडाैँकाे अंक ४४.९७, धरान उपमहानगरकाे अंक ४९. ७६ र हेलम्बु गाउँपालिकाकाे अंक ६२.९२ प्रतिशत रहेकाे छ ।
प्रतिक्रिया







