सिन्धुपाल्चोक-श्री ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय, मेलम्ची–७ को ४२औँ वार्षिकोत्सव तथा २२औँ अभिभावक दिवस मेलम्ची नगरपालिकाका प्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षा सबैका लागि अनिवार्य र आधारभूत अधिकार भएको उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले लगानीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयहरूको सुदृढीकरण नै समग्र समाज विकासको आधार भएको धारणा राख्नुभयो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री वीर बहादुर तामाङज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख श्री उमा प्रधानज्यू , वडा अध्यक्ष श्री पासाङ तामाङज्यू, निवर्तमान वडा अध्यक्ष श्री ज्ञान बहादुर श्रेष्ठज्यू लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा विविध रचनात्मक कार्यक्रम प्रस्तुत गरी उत्सवलाई थप उल्लासमय बनाएका थियो । वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बन्ने विश्वास सहभागीहरुले व्यक्त गरेको थियो ।







