काठमाडौं -बागलुङमा निर्वाचन तयारीबारे अर्थमन्त्री खनालको अनुगमनअर्थमन्त्री रामेश्वर खनालले बागलुङ पुगेर निर्वाचन तयारीको स्थलगत अनुगमन गर्दै सरोकारवालालाई निर्धक्क भएर चुनावको तयारी गर्न आग्रह गरेका छन्। सरकारले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सुनिश्चित गर्ने व्यवस्था मिलाइरहेको उनले बताए।


अनुगमनका क्रममा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरे। सुरक्षा समिति बैठकमा सुरक्षा व्यवस्था, प्रहरी परिचालन र आचारसंहिता कार्यान्वयनबारे जानकारी लिँदै निर्वाचनमा स्रोत अभाव नहुने स्पष्ट पारे।
बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १०७ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएका छन्। जिल्लामा १ लाख ९३ हजार ३८१ मतदाता छन् भने दुई प्रतिनिधिसभा सिटका लागि २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।







