सिन्धुपाल्चोक- नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति सिन्धुपाल्चोकद्वारा आयोजित बदल्यो कांग्रेस बदल्छौ देश समृद्धिको संकल्पमा सिन्धुपाल्चोक कांग्रेस भन्ने मूल नाराका साथ २०८२ माघ २० गते छिमेकी पार्टी प्यालेस नयाँ जोरपाटीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि निवर्तमान केन्द्रीय सदस्य नेपाली कांग्रेस एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेत रहेका थिए। बस्नेतले प्रमुख अतिथि आसन ग्रहण गरिसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै आफ्ना केही भनाइहरु व्यक्त गरेका छन् । बस्नेतले भनेका छन् नेपाली कांग्रेस लाई सिन्धुपाल्चोक जिल्लाको इतिहास देखि नै जिल्लाको हरेक जनताको समस्या मा रहेर समाधान गर्दै आएको पार्टीको रुपमा चिनिन्छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका रुपमा क्षेत्र नम्बर १ र २ को उम्मेदवारलाई कुनै पनि तवरबाट जिताउन सम्पूर्ण जिल्ला वासीहरूलाई र कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। दुईवटै क्षेत्रबाट दुवैजना उम्मेदवारले हार्नु भनेको उम्मेदवार हार्नु मात्र नभई सबै कांग्रेसले हार बेहोर्नु पर्ने बताएका छन्।



सो कार्यक्रमका विशिष्ट अतिथिहरू शिव बहादुर सुनार जो केन्द्रीय सदस्य नेपाली कांग्रेसका रहेका छन् भने विष्णु विक्रम थापा पूर्व केन्द्रीय सदस्य नेपाली कांग्रेसका रहेका छन्। साथै बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री माननीय कृष्णकुमार तामाङ र क्षेत्रीय सभापति नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिन्धुपाल्चोक एवं मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ सँगै पूर्वमन्त्री बागमती प्रदेश एवं महाधिवेशन प्रतिनिधि नेपाली कांग्रेस निमा लामा रहेका थिए।

सबै विशिष्ट अतिथिहरूले आगामी फागुन २१ गते हुने संसदीय चुनावका बारेमा आफ्ना मन्तव्यहरू राख्दै गर्दा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र २ का कांग्रेसका उम्मेदवारलाई बहुमतका साथ विजय गराउन सबै राजनीति दल नेता तथा कार्यकर्ता र सबै पालिकाहरूलाई एकैबद्धताका साथ अगाडि बढ्न अनुरोध गरेका छन्। सबै राजनीति दल र कार्यकर्ताले आआफ्नै ठाउँ वडा गाउँ नगरपालिका गाउँपालिका आफ्नो क्षेत्र अनुसार सबैले सहयोग गरी कांग्रेसका दुवै उम्मेदवारलाई विजय गराउन सबैलाई आह्वान गरेका छन्।सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार वंशलाल तामाङले आफ्नो मन्तव्य राख्दै भनेका छन् घरदैलो कार्यक्रम फागुन ४ गतेबाट बृहत रूपमा हुने र सबै वडा तथा पालिकामा आफ्नो सहभागिता जनाउने प्रतिबद्धता गरेका छन्।







