सिन्धुपाल्चोक- पूर्व विद्यार्थी लगायत अभिभावक विद्यालयका शुभचिन्तकहरू र रजनीतिक दलका व्यक्तिहरू को सहयोगमा श्री सातकन्या माध्यमिक विद्यालयले आफ्नो शैक्षिक गुणस्तरलाई र दैनिक शिक्षण पठनपाठनलाई मध्यनजर गर्दै विद्यार्थीको दैनिक पठनपाठन को क्रममा हुने विद्युतीय सामग्रीहरूलाई कुनै पनि असर र सञ्चालन गर्न विद्युतले कुनै पनि समयमा बाधा तथा अप्ठ्यारो नगरोस् भन्ने उद्देश्यका साथ विद्यालयमा सोलार सिस्टम राख्ने प्रक्रिया अगाडि बढेको छ।
गाउँघरको विद्यालय भएको हुँदा विद्यालयको वरिपरि बोटबिरुवा हरू हुने र विभिन्न हावाहुरी बर्खायाम जस्ता मौसमहरूमा विद्यालयको वरिपरि र विद्यालयमा विभिन्न कारणले गर्दा झ्याप झ्याप विद्युत अवरुद्ध हुने कारणले विद्यार्थीहरूको पठनपाठनमा पर्न गएको समस्यालाई सहज पार्ने उद्देश्यले विद्यालयमा सोलार सिस्टम गर्नपर्ने देखिएको हुँदा विद्यालयले मात्रै नसक्ने र विद्यालयको आर्थिक अवस्था न्यून रहेको हुँदा सहयोगी मन तथा विद्यार्थी राजनीतिक दल अभिभावक तथा विभिन्न संघसंस्थाहरूले गरेको सहयोगमा विद्यालयले आफ्नै सोलार सिस्टम राखे पठनपाठनलाई अगाडि बढाउन खोजिरहेको छ


यदि कोही सहयोगी भावनाका व्यक्तिहरु हुनुहुन्छ भने दिएको ९८४३२२७५२० नम्बरमा फोन सम्पर्क गरी आफूले सकेको र आफ्नो सोही इच्छाले सहयोग गर्न सक्नुहुनेछ।
“विद्यालय, विद्याको मन्दिर हो।” यसमा गरेको सहयोगले तपाईं हाम्रै बालबालिकाको भविष्यमा उज्यालोपन ल्याउनेछ।







