सिन्धुपाल्चोक-मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख आइतमान तामाङले पानसमा बती बालेर उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले अनुशासन नै खेलको गहना भएको उल्लेख गर्दै खेलाडीहरू अनुशासित, मेहनती र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख तामाङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने महत्वपूर्ण माध्यम भएको बताउनु भयो। उहाँले यस प्रतियोगितामा सहभागी खेलाडीहरूमध्येबाट नै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उजागर गर्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रम संयोजक दिनेश बस्नेतको सभापतित्वमा सम्पन्न उद्घाटन प्रतियोगिता समारोहमा सामाजिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष अमृत खनालले स्वागत मन्तव्य राख्नुभएको थियो।
उक्त प्रतियोगिता उत्घाटनमा मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, निवर्तमान नगरप्रमुख तथा उपप्रमुख,लगाएत विभिन्न वडाका वडाअध्यक्षहरू, संगै राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, स्थानीय नागरिक र बिभिन्न विद्यालयका विद्यार्थीहरु सगैं खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा मेलम्ची नगरपालिका भित्रका २४ वटा विद्यालयहरूको बिद्यार्थी र खेलाडी सहभागिता रहेका छन्। । यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, अनुशासन र नेतृत्व विकासमा टेवा पुर्याउने तथा स्थानीय स्तरमै प्रतिभा पहिचान गर्ने अपेक्षा गरिएको छने । यो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने भए छ ।







