सिन्धुपाल्चोक-तालामाराङ मेलम्ची नगरपालिका वडा नम्बर -६ स्थित तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १४ औं वार्सिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची ६ का वडा अध्यक्ष प्रेम बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी तामाङले सहकारीबाट लिएको ऋण सदुपयोग गर्नुपर्नेमा जोड दिए । ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता त्याग्न आग्रह गर्दै जसरी पनि तिर्नुपर्ने तामाङकाे भनाई थियाे ।


सहकारीलाई वडासंग सहकार्य गरेर काम गर्न आग्रह समेत गरे ।सहकारीका अध्यक्ष बुद्धि बहादुर खड्काले ऋण दिने बचत गर्ने मात्र नभई यस सहकारी कृषि सहकारी रहेकाले नगरपालिकासंग समन्वय गरि कृषिको क्षेत्रमा काम गरिरहेको बताईन । उनले सहकारीलाई ब्यक्तिगत नसोची सामुहिक सोच्न आग्रह गरे ।
त्यस्तै कार्यक्रममा पुर्व अध्यक्षहरु नवराज वस्नेत र सुनिता पराजुलीले सहकारी लागि अगाडि बढाउन सहकारीँ पदाधिकारीहरुले विश्वासका साथ अगाडि बढ्नु पर्ने र बचत कर्ता तथा ऋणिहरुले ईमानदार भएर अगाडि बढे मात्रै सहकारी संचालन गर्न सहज हुने बताए ।
कार्यक्रम सहकारीका पुर्व सचिव छविलाल आचार्य ,सँग असल ऋणी ,असल बचत कर्याकर्ता को रुपमा जमुना थापा ,पदमकुमारी थापा ख लाई सम्मान गरेको छ।
मेलम्ची -६ कार्यक्षेत्र रहेको सहकारीको ७६८ सदस्य रहेका छन ।







