दिनेश भण्डारी/सिन्धुपाल्चोक- मन्त्रीहरुले गरेको घोषणा पत्र कुन ठाउँ लगेर आगो लगाय विं स. २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो। यसका लागि तत्कालीन जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले समन्वय गरेका थिए। जलवायु सम्मेलन देखि नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो। जलवायु सम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरिएका थियो। तर यो घोषणा मन्त्रिहरुको मुख मा मात्र सिमित रहेको देखिन्छ ।काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ। प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको थियो सो-पश्चात भ्यूटावर र अन्य पूर्वाधारको कामको थालनी गर्ने प्रतिबद्दता गरेका थिए ।
‘मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूरा भएका छैनन्। यसले देखाउँछ कि प्रदेश सरकारले जनतालाई झुटा आश्वासनमात्र दिएको हो’, उनले भने गुफाडाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताए। तर प्रतिबद्दता जनाएका मन्त्रीहरुले पछिल्लो समयमा चासो नदेखाए पछि उल्लेख्य वृद्धि नभएको र अझै थुप्रै संरचना बनाउन आवश्यक रहेको देखिन्छ ।मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले स्थानीय सरकार आफैंले सकेजति गुफाडाँडाको प्रवर्धन गर्दै आएको छ हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले थप मनमोहक रहेको छ।त्यस्तै वडा नं. ९ का अध्यक्ष किरणदीप खड्काले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यसँगै देशको धरोहरका रूपमा जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्य राखेका छन्। पछिल्लो समय उनले आफ्नै स्रोतसाधनमा स्थानीयले गरेको होमस्टे पनि सञ्चालन सुरुगरेको बताए ।









