सिन्धुपाल्चोक- दोस्रो मेलम्ची–१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभूत विद्यालयलाई मेलम्ची, असोज १२ – खेलकुद मार्फत स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजित दोस्रो मेलम्ची–१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि यस वर्ष पनि भुमेस्थान आधारभूत विद्यालयले जित्न सफल भएको छ ।



आज सम्पन्न फाइनल प्रतिस्पर्धामा भुमेस्थानले काफ्लेखोला युवा क्लबलाई सानदार खेल प्रदर्शन गर्दै ३–० सेटको अन्तरमा पराजित गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । विजेता टोलीलाई मेलम्ची नगरपालिकाका प्रमुख श्री आइतमान तामाङ, उप–प्रमुख श्रीमती उमा प्रधान, तथा वडा अध्यक्ष श्री अमृत खनालले प्रथम हुने टोलीले २५ हजार , दोस्रो हुने टोलीले २० हजार र तेस्रो स्थान हासिल गर्ने नबज्योति टोलीले १५ हजार नगद रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो ।

सांस्कृतिक झल्कोसमेत प्रस्तुत गरिएको उक्त समारोहमा लोकप्रिय कलाकारहरू प्रतिमा अर्याल, प्रदीप रोक्का, र निमेश दाहाल लगायतले आकर्षक प्रस्तुति दिएका थियो । वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा मेलम्ची–१० भित्रका युवाबीच एकता, खेलप्रतिको रुचि, र प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याएने कार्यक्रम संयोजक प्रल्हाद ढुंगेल बताएको छ । खेलकुदलाई निरन्तरता दिँदै स्थानीय तहले खेलमैत्री वातावरण निर्माणमा जोड दिइरहेको पनि आयोजक समितिले जनाएको छ ।







