काठमान्डौं- सरकारले भाेलि (बुधबार) सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले जारी गरेकाे सार्वजनिक सूचनामा २३, २४ भदाैमा भएकाे प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान स्वरूप राष्ट्रिय शाेक दिवस मनाउन बिदा दिइएको उल्लेख छ ।
मन्त्रिपरिषद्काे निर्णय अनुसार सार्वजनिक बिदासहित राष्ट्रिय झण्डा आधा झुकाउने भनिएकाे छ










