सिन्धुपाल्चोक -नेपाल आइडल सिजन ६ को उपाधी गंगा सोनामले हात पारेकी छिन ।आइतबार राती ललितपुरको ग्वार्कोमा भएको ग्राण्ड फिनालेमा चार प्रतिष्पर्धिहरुलाई पछि पार्दै सोनामले उपाधी हात पारेकि हुन । उनी नेपाल आइडलको उपाधी हात पार्ने दोश्रो महिला बनेकी छिन ।
विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन्।
फिनालेमा उपाधिका लागि गंगासँगै अभिनय खाति, बबिता थापा मगर , दर्शना गान्धारी, मृनल मानन्धर प्रतिस्पर्धामा थिए।
यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भएका छन । बाबिताले नगद १० लाख र दर्शनाले ५ लाख रूपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरेका छन् । दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो।
यस सिजनमा अभिनय खातिले चौथो स्थानको पुरस्कार प्राप्त गरे भने मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाइन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जितेका छन् ।
नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए। सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन्।









