सिन्धुपाल्चोक-आर्थिक वर्ष २०८१/०८२ का लागि नगरपालिका स्तरमा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु भएको छ। उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक प्रगति प्रस्तुत गर्नेछन् ।त्यसैगरी आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक सुधारबारे छलफल गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक , फेयरमेड र नगरपालिका स्वास्थ्यका प्रतिनिधि लगायतको सहभागीता छ ।









