सिन्धुपाल्चोक – ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठि (RHEST) को प्रायोजन तथा श्री हैबुङ महादेवस्थान माध्यमिक विद्यालयको आयोजनामा “बालबालिकाका लागि श्रमभन्दा शिक्षा आवश्यक” भन्ने शीर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिका वडा नं.–३ का वडा सदस्य मच्छिन्द्र नेपाली रहनुभएको थियो। विशेष अतिथि विद्यालय अभिभावक संघका अध्यक्ष कृष्णबहादुर लामा तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहलाल दुलाल बुद्धिजीवी एवं समाजसेवीको हैसियतमा उपस्थित हुनुहुन्थ्यो।


प्रतियोगिता कक्षा ६–८ र ९–१० गरी तहगत रूपमा सञ्चालन गरिएको थियो। कक्षा ६–८ बाट १३ र ९–१० बाट १३ जना गरी जम्मा २६ विद्यार्थीले पक्ष–विपक्षमा गहकिला तर्क प्रस्तुत गरेका थिए।
विजेताहरूको नामावली
कक्षा ९–१०:
प्रथम: युनिका तामाङ
द्वितीय: मनिषा तामाङ
तृतीय: रोजिना तामाङ
सान्त्वना: सन्सिला गुरुङ
कक्षा ६–८:
प्रथम: राजमिता श्रेष्ठ
द्वितीय: रोजिना तामाङ
तृतीय: सन्जिता नेपाली
सान्त्वना: सिम्रन तामाङ
विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि लगायतका अतिथिहरूले टीका, खादा र पुरस्कार वितरण गरेका थिए।







