काठमान्डौं-विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै मंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ ।बिपीन जोशीको रिहाइको माग गर्दै अहिले बिपीनकी आमा पदमा र बहिनी पुष्पा इजरायलमा छन् ।
उनीहरूले त्यहाँका राष्ट्रपति, बिदेशमन्त्रीसहितका उच्च सरकारी अधिकारीहरूलाई भेटिसकेका छन् । राष्ट्रपति इसाक हेर्गाेजले बिपीनको रिहाइका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।


युवाहरूले नेपाल सरकारलाई दबाब दिन माइतीघरमा स्वतःस्फूर्त खबरदारी गरेका हुन् । बिपीन जाेशीलाई अविलम्व घर फर्काइयाेस भन्ने प्ले कार्ड बोकेर उनीहरू माइतीघर पुगेका थिए । उनीहरूले रिहाइका लागि हस्ताक्षर पनि संकलन गरेका छन् ।







