सिन्धुपाल्चोक -तीन वर्ष अघि जनताको अपार विश्वासले मलाई मेलम्ची नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी अर्पण गराई दिनु भयो । त्यो क्षण मेरो जीवनको गर्विलो मोड मात्र थिएन, बरु मेलम्चीको भविष्य निर्माणमा जनताको साझेदार बन्ने शपथको घडी पनि थियो ।


आज, तीन वर्षको यात्रामा पछाडि फर्केर हेर्दा हामीले पार गरेका आरोह-अवरोह, सिकाइका पलहरू, र प्राप्त उपलब्धिहरूले यो यात्रालाई अर्थपूर्ण बनाएको छ। सुशासनलाई मार्गदर्शक बनाउँदै, पारदर्शी नीति र जवाफदेही नेतृत्व मार्फत हामीले मेलम्चीका स्थानीय अभिभावकलाई सेवा र उत्तरदायित्वको नयाँ परिभाषा दिन खोजेका छौ । जनताको घरदैलोबाट उठेका आवाजहरू नीतिमा प्रतिध्वनित गर्न खोजेका छौ । हालसम्म सम्मको यात्रामा दिगो विकास हाम्रो नगरपालिकाको मेरुदण्ड बनेको छ । जहाँ पूर्वाधारको विस्तारसँगै वातावरणीय संवेदनशीलता र सामाजिक न्यायलाई सँगै अँगालिएको छ ।
तीन वर्षको यात्रामा मैले महसुस गरेको छु, नेतृत्व पद होइन, जिम्मेवारी हो। मेलम्चीको हरेक मुस्कान, हरेक आशा, र हरेक सपना मेरो सोचको केन्द्रमा छ।
अब बाँकी रहेको समय अझ प्रभावकारी, समावेशी र दिगो मेलम्ची निर्माणमा समर्पित हुनेछ। हामीले थालेको यात्राले अझ गहिरो जरा गाड्नेछ, जहाँ मेलम्ची नगरपालिका विकास, समृद्ध, संवेदनशील र सचेत नेतृत्वको नमूना बन्ने छ ।नगर प्रमुख आइतमान तामाङ् मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक







