सिन्धुपाल्चोक -मेलम्ची नगरपालिका वडा नम्बर ९ ज्यामिरेले ४ देखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको औपचारिक घोषणा गरेको छ । आइतबार वडा कार्यालयमा आयाेजित अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष किरणदीप खड्काले शिक्षा पाउनु सबै बालबालिकाको आधारभूत अधिकार भएकाले सबै बालबालिका विद्यालयमा हुनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय शिक्षामा देखिएको प्रगतिको श्रेय विद्यालय, अभिभावक, शिक्षक, बालबालिका तथा स्थानीय सरकारबीच भएकाे सहकार्यले सम्भव भएकाले समुदायले देखाएको भूमिकाको प्रशंसा गर्दै विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान र भर्ना अभियानमा समुदायको योगदान अतुलनीय रहेको बताउनुभयो । जनता माध्यामिक विधालयका अध्यक्ष नारायण खड्काकाे सभापतित्वमा संचालित कार्क्रममा शिक्षा शाखाका स्राेत विज्ञ याेग बहादुर थापाले यो घोषणाले शिक्षा क्षेत्रमा नयाँ गति ल्याएको दावि गर्नुभयो उहाँले अब बिधालयकाे तल्लाे तहबाटै
सिकाइको स्तर मापन गर्दै आवश्यक सुधारका कार्यक्रम अघि बढाउँने बताउनुभयो ।


वडा शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जनता मा.विका प्र.अ. केदार बिष्टले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा सात कन्या मा.वि का प्रअ जनक अधिकारी,गाेल्मेश्वरी आ.विका प्र.अ सुनिल कुमार भण्डारी, क्याैलेथाना आ.विका प्र.अ. भरत कुमार मल्ल तथा विभिन्न बिधालयका व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सामाजिक अगुवा तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सहभागीहरूले वडाको यो उपलब्धिलाई उदाहरणीय भन्दै आगामी दिनमा गुणस्तरीय शिक्षातर्फ ध्यान दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमकाे संचालन गाेल्मेश्वरी आ.विका शिक्षक पाण्डव अधिकारीले गर्नुभएकाे थियाे ।







