दिनेश भण्डारी- नेपाली गीत संगीत क्षेत्रमा गीतहरु धेरै प्रकारका हुन्छन् कुनै माया प्रेम,कुनै धर्म संस्कृति र कुनै मौलिक कला संस्कृति र सिजनमा मात्र गाईने गित अनि कुनै सदाबहार गीत हुने गर्दछ जब असार लाग्छ अनि हामि नेपालीहरुको अन्न बालि लगाउने समय सुरु हुने गर्दछ यसमा बिशेष गरि खेतमा धान बारिमा कोदो लगाउने समय हो । यस्तो समयमा कृषकहरु खेतमा गएर धान रोप्दै एक अर्का मा दुख साट्दै गीत गाउँदै हिलो खेल्ने परम्परा रहेको छ यसै परम्परा लाई मध्यनजर गर्दै सरु गौतम र राजेश ढकालको मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” सार्वजनिक भएको छ यसमा शब्द माया प्रेम प्रतिको छ भने भाब असारे गीतको रहेको छ ।
उक्त मौलिक गीतको शब्द तथा संगीत राजेश ढकालको रहेको छ । राजेश ढकाल र सरु गौतमको सुमधुर आवाज रहेको छ । मिलन श्रेष्ठको म्युजिक भिडियो निर्देशनमा राजेश ढकाल,सरु गौतम शिव नारायण जोसि, पशुपति दाहाल,सबिता ढुङ्गाना,रिया पन्त,केशव भण्डारी लगायत अन्य साथिहरुको अभिनय देख्न सकिन्छ। सन्तोष तिमल्सिना को छायांकन र रोशन धिताल को सम्पादनमा रहेको सो म्युजिक भिडियो राजेश ढकाल नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।


पुरा भिडियो







