काठमाडौं । सिन्धुपाल्चोककी २८ वर्षीया साग स्वर्ण पदक विजेता काजल श्रेष्ठ तेक्वान्दोको पुम्से र क्योरोगी दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) बनेकी छिन्। भारतको पुनेमा सम्पन्न ६०औं विश्व तेक्वान्दो पुम्से सेमिनारमा उनले उत्कृष्ट नतिजासहित अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त गरिन्।
यसअघि, उनले २०२४ मा दक्षिण कोरियाको मुजुमा क्योरोगी विधाको अन्तर्राष्ट्रिय रेफ्री परीक्षा पास गरिसकेकी थिइन्। प्रशिक्षकबाट रेफ्रीसम्मको यात्रामा उनी जापान, थाइल्याण्ड, अस्ट्रेलियालगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भइसकेकी छिन्।


१३औं सागमा स्वर्ण जितेकी श्रेष्ठ उत्कृष्ट तेक्वान्दो खेलाडी अवार्ड विजेता समेत हुन्।







