नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।







