ज्योतिषः डिल्लीराम कोईराला सम्पर्क नं. ९८०३३४७८८०
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन सकारात्मक रहनेछ। सोचेका काम सफलतापूर्वक सम्पन्न हुनेछन्। नयाँ योजना सुरु गर्न अनुकूल समय रहेको छ। पारिवारिक समर्थन प्राप्त हुनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
समय अनुकूल छैन। लामो दूरीको यात्राबाट बच्न उचित हुनेछ। आटेका काममा अवरोध आउन सक्छ, सचेत भएर अघि बढ्नु राम्रो हुनेछ।


मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आकस्मिक धनलाभ हुने सम्भावना छ। नयाँ कार्यमा सफलता प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पढाइ र लेखाइमा प्रगति हुनेछ। पुराना अधुरा काम पूरा हुनेछन्। मन हर्षित रहनेछ, तर लामो दूरीको यात्रा टार्नु राम्रो हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आजका दिन तपाईका काम सफलतापूर्वक सम्पन्न हुनेछन्। धनलाभको सम्भावना छ। सन्तानको प्रगतिको समाचारले खुशी थपिनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
भाग्य उदय हुने दिन रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ काममा सफलता हात लाग्नेछ। खर्चमा मितव्ययीता अपनाउनु बुद्धिमानी हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आजको दिन प्रेम र रोमान्सले भरिपूर्ण हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। साथीभाइ र परिवारसँग रमाइलो समय बित्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सोचेका काम सम्पन्न नहुनाले मन खिन्न रहन सक्छ। लामो दूरीको यात्रा नगर्नु राम्रो हुनेछ। दिनभरि सतर्कता अपनाउनु आवश्यक हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
अधुरा काम पूरा हुनेछन्। धर्मकर्ममा रुचि बढ्नेछ। सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
लाभ हुने दिन रहेको छ। पशु पालन र व्यवसायमा लाभ हुनेछ। वैदेशिक कामहरूबाट सफलता हात लाग्नेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पराक्रम बढ्नेछ, तर लामो दूरीको यात्राको निर्णय गर्दा राम्रो साइत हेरेर मात्र अघि बढ्नु राम्रो हुनेछ। दिन सामान्य रहन सक्छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
तनाव र अवरोधपूर्ण समय रहेको छ। आकस्मिक झमेलाबाट बच्न सतर्क रहनु आवश्यक छ। सोचेका काम पूरा नहुन सक्छन्।
नोट: आफ्नो दिनलाई अझ सकारात्मक बनाउन धैर्य र सतर्कता अपनाउनुहोस्।







