काठमाडौं : सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौंको माइतीघर र पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलामा लामिछानेको पक्राउविरुद्ध प्रदर्शन जारी छ। लामिछानेविरुद्ध हिजो पक्राउ पूर्जी जारी भएसँगै सीआईबीको टोलीलै केन्द्रीय कार्यालय घण्टीघरबाटै पक्राउ गरेर आज बिहान पोखरा पुर्याई प्रहरीको जिम्मा लगाएको हो।


प्रहरीका अनुसार आज शनिबार परेकाले लामिछानेलाई भोलि कार्यालय खुलेपछि मात्रै म्याद थपका लागि अदालतमा लगिनेछ।
तस्वीरहरू








