नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







