काठमाडौंको बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय भएको छ।
नेपाली सेनाको टोलीले बिहीबार बिहान चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकै फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


प्रेसर कुकर राखिएको फेला परेपछि प्रहरीलाई खबर भएको थियो। प्रहरीले सेनालाई खबर गरेपछि सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।
उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ । यद्यपि त्यसमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने खुलिसकेको छैन। यसबारे डिस्पोजल टोलीले अनुसन्धान गर्नेछ।







